सुनसरीको भोक्राहा प्रहरी चौकीका इन्चार्ज असई पदम कटुवाल अख्तियारको फन्दामा

<span class='c1'>सुनसरीको भोक्राहा  प्रहरी चौकीका इन्चार्ज</span> <span class='c2'>असई पदम कटुवाल अख्तियारको फन्दामा</span>

सुनसरी,८ असार । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रहेको प्रहरी चौकीका इन्चार्ज असई पदम कटुवाल अख्तियारको फन्दामा परेका छन् ।

शनिबार एक जना सेवाग्राहीसंग ७ हजार रुपियाँ घुस लिदै गर्दा रगेंहात कटुवाल अख्तियारको फन्दामा परेका हुन् । दाजुभाईको घरायसी विवादमा विपक्षीलाई पक्राउ गर्ने नाममा कटुवालले ७ हजार रुपियाँ घुस मागेकाले पीडितले थप पीडा भएको भन्दै आक्रोषित भएर अख्तियारको सहयोग मागेको र रकम दिँदै गर्दा अख्तियारको फन्दामा पारेको बताइएको छ । घूस रकम सहित अख्तियार दुरुपयोग अनुशंधान आयोगको टोलीले विषेश सूचनाका आधारमा रगेंहात गिरफतार गरेको हो ।
कटुवालले नागरिकलाई दुःख दिएको र पीडितलाई थप पीडा दिने काम गरेकाले आजित एक सेवाग्राहीले सूचना गरेपछि प्रहरी सहयाक निरीक्षक कटुवाल अख्तियारको फन्दामा परेका हुन् । उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार असार ७ गते शनिबार प्रहरी चौकी नजिकबाटै पक्राउ गरी कार्वाहीका लागि लगेको प्रतिकृया दिए ।
गिरफ्तारमा परेको पुष्टी गर्दै पोखरेलले जो सुकैले जिम्मेबारी बाहिर गएर अख्तियारको दुरुपयोग गरेको खण्डमा कार्वाही हुनुपर्ने पक्षमा रहेकाले रगेंहात पक्राउ परेको हो भने कार्वाही हुनुपर्ने समेत प्रतिकृया दिए । पोखरेलले प्रहरी भित्रको विकृत हटाउन आफू लागेको समेत बताए । पक्राउ परेका कटुवालमाथि अख्तियारले छानबिन गरिरहेको अख्तियार दुरुयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय इटहरीले जनाएको छ । अख्तियारका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाले पनि प्रहरी चौकी भोक्राहाका इन्चार्ज असई पदम कटुवाललाई ७ हजार रुपैयाँ घुस सहित अख्तियार टोलीले पक्राउ गरि अनुसन्धान थालेको प्रतिकृया दिए ।
प्रवत्ता कोईरालाले पक्राउ गरेको कटुवाल माथि घुस-रिसवत माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर गरेको पुष्टि भए उनलाई बिगो सात हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर हुन सक्ने समेत प्रतिकृया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्