आठ वर्षीया बालिकालाई करणी गर्ने सात वर्षपछि पक्राउ

आठ वर्षीया बालिकालाई करणी गर्ने सात वर्षपछि पक्राउ

वीरगञ्‍ज, ८ असार । आठ बर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार रहँदै आएका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

७ वर्षदेखि फरार रहदै आएका बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ बस्ने मानबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका थिङले २०६९ साल मंसिर २९ गते सोही ठाउकी ८ वर्षीया परिवर्तित नाम उमालाई जबरजस्ती करणी गरि फरार रहदै आएका थिए।

थिङलाई काठमाण्डौमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका थिङलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले अभियुक्त थिङलाई पुर्पक्षको लागि कारागार कार्यालय बिरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्