सरकारविरुद्ध चौतर्फी आक्रमण भयो : मुख्यमन्त्री राई

सरकारविरुद्ध चौतर्फी आक्रमण भयो : मुख्यमन्त्री राई

उदयपुर,८ असार ।   प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले सरकारविरुद्ध बाह्य र भित्रीरूपमा चौतर्फी आक्रमण भइरहेको बताएका छन। सरकारको काम कारबाहीलाई गलत प्रचारप्रसार गरेर विभिन्न रुपमा आक्रमण गरिरहेको बताएका हुन्। आइतबार प्रेस संगठन उदयपुरले गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले सरकारले गरेका राम्रा कामलाई पनि नराम्रो भन्दै प्रचारप्रसार गरिदिने गरेको आरोप लगाए।

‘वर्तमान स्थानीय, प्रदेश र संघीय सरकारलाइ चरणबद्ध प्रत्यक्ष र अप्रत्यक्षरूपमा आक्रमण भइरहेको छ,’ उनले भने, ‘संगठित रुपमा लुकेर वा देखेर सरकारलाई कसरी बदनाम गर्न सकिन्छ, कसरी यो सरकारलाई असफल बनाउन सकिन्छ, विभिन्न नाममा, विभिन्न वहानमा आक्रमण भइरहेको छ।’ संघीयता कसैको चाहनाले र कसैको रहरले नआएको भन्दै मुख्यमन्त्री राईले भने, संघीयता असफल हुन सक्दैन।

‘हामी संघीयतलाई कार्यान्वय गरेरै छाड्ने छौ, सम्बृद्धि नेपाली, सुखी नेपालीको चाहान पुरा गरेरै छाड्ने छौ।’ सरकारको विरुद्ध बोलेर, प्रचार प्रसचार गरेर संघीयता असफल नहुने दावी मुख्य मन्त्री राईको छ। प्रदेश-१ फुटबलको राजधानी अन्य प्रदेशको तुलनामा प्रदेश १ मा फुटवल खेल फष्टाउँदै गएको छ।

प्रदेश १ को लोप्रिय खेल बनेको फुटवलको राजधनी

प्रदेश १ लाई बनाउने गरी प्रदेश सरकार लागि परेको मुख्यमन्त्री राईले बताए। ‘प्रदेश १ मा विभिन्न अयोजकले फुटबल प्रतियोगित पनि भइरहेका छन, मुख्य मन्त्री लिग पनि सुरुहुँदै छ,’ उनले भने, ‘फुटबलबको राजधानी प्रदेश १ लाई बनाउने गरी प्रदेश सरकार विभिन्न ठाँउमा भौतिक पुर्वाधरा निर्माणमा जुटेको छ।’

मुख्य मन्त्री राईले खेलकुद सम्बृद्धि नेपाल निर्माणको आधार रहेकाले अन्य खेलकुद क्षेत्रको विकासमा पनि प्रदेश सकारले विशेष प्रथामिकतामा राखेको जिकिर गरेको छ। कृषि र पर्यटनमा जोड प्रदेश सरकारले भर्खरै ल्याएको प्रदेश १ सरकारको बजेट तथा नीति कार्याक्रममा कृषि र पर्यटनलाई जोड दिएको बताए।

‘विभिन्न कोणबाट प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रमलाई टिक्काटिप्पणी गरिएको छ,’ उनले भने, ‘प्रदेश १ को सम्बृद्धिको आधार भएकाले कृषि र पर्यटनमा जोड दिएका छौ।’ प्रदेश सरकार नयाँ भएकाले गत वर्ष खासै उपलब्धी नदेखिएपनि आगमी आर्थिक वर्षबाट प्रदेश सरकारको कामकारवाहीमा उल्लेख्य प्रगति हुने मुख्य मन्त्री राईको उद्घोष छ।  प्रदेश १ सरकारले केही समय अघि विराटनगरमा प्रदेश राजधानी तोकेपनि नामकरण भने अझै तोक्न सकेको छैन। मुख्य मन्त्री राईले सवै प्रदेशसभामा सहभागी सवै राजनीतिक दलहरुको सहमतिको आधारमा नाम तोकिने बताए।

‘प्रदेश सभामा पनि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को बहुमत छ,’ उनले भने, ‘मतदतान प्रक्रियाबाट हामी एकैछिनमा नामकरण गर्न सक्छौ।’ किरात, कोशी, सगरमाथा लगायतका नाम आएकाले सहमतिकै विन्दुबाट कुनै नाम जुराउनु पर्ने मूख्य मन्त्री राईकाले भनाई छ। ‘धेरै नामहरुको बारेमा बहस भएका छन,’ उनले भने, ‘कुनै न कुनै नाम सहमतिकै आधारमा हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्