कटारीमा घाँटी रेटेर महिलाको हत्या, हत्यामा संग्लग्न एकजना पक्राउ

<span class='c1'>कटारीमा घाँटी रेटेर महिलाको हत्या,</span> <span class='c2'>हत्यामा संग्लग्न एकजना पक्राउ</span>

उदयपुर, ८ असार ।
उदयपुरको कटारी नगरपालिका–४ मरुवामा आज दिउँसो घाँटी रेटेर एक महिलाको हत्या भएको छ । हत्यामा संग्लग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
श्रीमान्ले कान्छी श्रीमती ल्याए पश्चात श्रीमानसंग छुट्टीएर पुरानो घर देखि करिव १०० मिटरको दुरीमा रहेको अर्को घरमा बस्दै आएकी ३० बर्षीया सीता राईले आफ्नी सौता लक्ष्मी राईलाई आफ्नै घरमा बोलाएर तरकारी काट्ने चक्कुले घाँटी रटेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कटारीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले हत्यामा प्रयोग गरीएको चक्कु घटनास्थलबाट नै बरामद गरेको जनाएको छ । हत्या गरेको आरोपमा प्रहरीले सीता राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्