विराटनगर महानगरको दोश्रो जीत, पनौती नगरपालिका १० गोलले पराजीत

<span class='c1'>विराटनगर महानगरको दोश्रो जीत, पनौती</span> <span class='c2'>नगरपालिका १० गोलले पराजीत</span>

विराटनगर, ८ असार । उपमेयर कप राष्ट्रिय फुटवल प्रतियोगितामा पनौती नगरपालिका १० गोल गर्दै बिराटनगरले दोश्रो जीत हात पारेको छ ।

पनौतीलाई ०–१० गोलको फराकिलो अन्तरले पराजीत गर्दै बिराटनगर महानगरपालिका बिजयी भएको हो । अखिल नेपाल फुटबल संघको आयोजनामा सशत्र प्रहरी बल हलचोक काठमाडौंको खेल मैदानमा आइतवार भएको उपमेयरकप राष्ट्रिय फुटबल प्रतियोगितामा बिराटनगरले दोश्रो जीत हात पारेको हो ।
रेखा पौडेलले पहिलो हाफको २० र ३५ औ मिनेटमा गोल गरिन भने दोस्रो हाफको ४, १२र ३२ औ मिनेट सहित ५ गोल गरिन् । त्यस्तै साबित्री मगरले ह्याट्रिक पुरा गरिन् जसमा पहिलो हाफको १२, १५, २८ औ मिनेटमा ३ गोल गरिन् । त्यस्तै दोस्रो हाफमा २९ मिनेटमा सपना मगरले १ गोल थपिन भने दोस्रो हाफकै ३१औ मिनेटमा विराटनगर महानगरपालिका महिला फुटबल टिमकी क्याप्टेन मनमाया लिम्बुले ३१ औँ मिनेटमा १ गोल नै बिराटनगरको लागि १० गोल बन्यो ।
सोमबारको खेलम नुवाकोट नगरपालिका र बिराटनगर महानगरपालिका बिच बिहान ८ बजे हलचोक खेल मैदानमा नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्