जहदा गाउँपालिकाको बजेट ३७ करोड ७१ लाख, भौतिक पुर्बाधारमा ८ करोड ४१ लाख

जहदा गाउँपालिकाको बजेट ३७ करोड ७१ लाख, भौतिक पुर्बाधारमा ८ करोड  ४१ लाख

विराटनगर, १० असार ।
मोरङको जहदा गाउ“पालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३७ करोड ७१ लाख ५३ हजार २ सय २६ रुपैया“को अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको छ ।

गाउ“पालिको पा“चौ गाउ“सभामा उपाध्यक्ष शालो साहले ३७ करोड माथिको बजेट प्रस्तुत गर्नुभएको हो । गाउ“पालिकाको प्रशासनिक खर्चतर्फ ६ करोड ९० लाख १० हजार, पू“जीगत खर्चतर्फ ३० करोड ८१ लाख ४३ हजार २ सय २६ रुपैया“ विनियोजन गरिएको छ ।
जहदा गाउ“पालिकाले संघिय सरकारबाट समानिकरण अनुदान १३ करोड २० लाख, शसर्त अनुदान १० करोड २५ लाख र राजश्व बा“डफाडबाट ९ करोड १७ लाख प्राप्त गरेको छ । त्यस्तै प्रदेश सरकारबाट समानिकरण अनुदान बापत ७४ लाख ६६ हजार, राजश्व बा“डफा“ड बापत ६३ लाख ९४ हजार प्राप्त गरेको छ । जहदा गाउ“पालिकाको आन्तरिक राजश्वबाट ९० लाख संकलन गर्ने लक्ष्य लिएको उपाध्यक्ष साहले बताइन् ।
गाउ“पालिकाले पूर्वाधार विकास, व्यवसायिक कृषि र उद्यमशिलताको विकासलाइ पहिलो प्रथमिकतामा राखेको उपाध्यक्ष साहले बताइन् । जहदा गाउ“पालिकाको आर्थिक विकासको मुल आधारका रुपमा कृषिलाई व्यवसायिक बनाउने उद्देश्य सहित जहदाले कृषि तथा पशु स्वास्थ्य क्षेत्रको विभिन्न कार्याक्रमका लागि ८१ लाख २ हजार २ सय ५ रुपैया“ बजेट विनियोजन गरेको छ । समग्र स्वास्थ्य क्षेत्रकालागि ८१ लाख ३० हजार ३ सय, गाउ“पालिका स्तरीय खेलमैदान निर्माणको कार्यलाइ निरन्तरता दिन ७ लाख तथा समग्र खेलकुद क्षेत्रकालागि ३३ लाख ३९ हजार विनियोजन गरिएको छ ।
त्यस्तै गाउ“पालिकाका सबै वस्तीहरु सडक सञ्जालबाट जोड्नकालागि ८ करोड ४१ लाख ५८ हजार ९ सय, सिंचाइ आयोजनाकालागि २५ लाख, बायो ग्यास, सौर्यबत्ती, विद्युतीकरणकालागि पोख खरिद जडान लगायतकालागि २८ लाख ८० हजार विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्