धरानमा डेंगी संक्रमितको संख्या घट्न थाल्यो,संख्या शून्यमा झार्न अभियानलाई नियमित गर्नुपर्ने

धरानमा डेंगी संक्रमितको संख्या घट्न  थाल्यो,संख्या शून्यमा झार्न अभियानलाई नियमित गर्नुपर्ने

धरान, ११ असार । धरानमा डेंगी संक्रमितको संख्या घट्न थालेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बताएको छ । जेठमा दैनिक सय जनामा डेंगी संक्रमण देखिने गरेकोमा गत सातामा ६५ जनामा डेंगी पोजेटिभ पाइएको प्रतिष्ठानले जानकारी दिएको छ ।

धरानमा गत वैशाख ३१ गतेदेखि डेंगीको संक्रमण देखिन थालेको थियो । डेंगी संक्रमणको प्रकोप बढ्न थालेपछि प्रदेश सरकारलगायतले डेंगी नियन्त्रण अभियान सञ्चालन गरेको थियो । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.विकास साहले डेंगी संक्रमितको संख्या शून्यमा झार्न अभियानलाई नियमित गर्नुपर्ने बताए ।
प्रतिष्ठानको तथ्यांक अनुसार वैशाख ३१ गते एक जना डेंगी पोजेटिभ बिरामी देखिएका थिए भने जेठ महीनामा मात्र ६ सय ३१ जना पोजेटिभ थिए । ती सबै अहिले निको भइसकेका छन् । डेंगीको भाइरस सामान्यतया एक सातासम्म मानिसको शरीरमा रहन्छ । त्यसपछि आफै नष्ट हुने चिकित्सकहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्