एसईईको नतिजा : सकेसम्म आजै सार्वजनिक गर्ने नभए भोलिसम्ममा सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा : सकेसम्म आजै सार्वजनिक गर्ने नभए भोलिसम्ममा सार्वजनिक गर्ने तयारी

काठमाडौं असार ११ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । सकेसम्म आजै सार्वजनिक गर्ने नभए भोलिसम्ममा सार्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ ।  विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उनले कुनै प्राविधिक त्रुटि नभए बुधबार र प्राविधिक त्रुटि आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए ।

कार्यालयले सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्