झापामा दुई केटा बिच विवाह : फेसबुकको प्रेमले विवाहसम्म पुर्यायो

<span class='c1'>झापामा दुई केटा बिच विवाह</span> <span class='c2'>: फेसबुकको प्रेमले विवाहसम्म पुर्यायो</span>

उर्लाबारी, १२ असार । समान लिङ्ग भएका वा समलिङ्गीहरु विहे गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका–१० का २० बर्षीय रुपक गिरी र काठमाडौंका १८ बर्षीय अनुभव दर्जीले विहे गरे ।

उनीहरुले १ बर्ष ७ महिनाअघि विहे गरेका थिए । सामाजिक सञ्जालमा फेसबुक मार्फत चिनजान भई मायाप्रेममा परेका उनीहरु एकअर्कालाई खुबै माया गर्थे ।
रुपकले अनुभवलाई प्रेम प्रस्ताव राखेका थिए । त्यसको केही दिनमै अनुभवले पनि रुपकको प्रेमलाई स्वीकार गरे । त्यसपछि उनीहरुबीच आत्मियता बढ्दै गयो । निरन्तर फेसबुकमा भिडियो कल र फोन सम्पर्क भइरह्यो । २०७४ मंसिर महिनामा अनुभव रुपकलाई भेट्न झापा आए ।
त्यसपछि उनीहरुले एकअर्कालाई छोड्न सक्ने अवस्थामा पुगेपछि विवाह गर्ने निर्णय गरे । विगतलाई सम्झदै अनुभवले भने,‘घरपरिवारबाटै स्वीकार हाम्रो विहेलाई स्वीकार गर्नु भएन, निकै दुःख लाग्यो ।’
अनुभवलाई अहिलेसम्म पनि परिवारले स्वीकार गरेको छैनन् । उनी भन्छन्,‘विहे भएदेखि म घर गएको छैन ।’ अनुभवको भन्दा रुपकको परिवार भने फरक रहेछ । रुपकको परिवारले अनुभवसँगको विहेलाई सहर्ष स्विकार गरे । ‘परिवारको साथ र सहयोगकै कारण आज अनुभवलाई खुशीको साथ राख्न सफल भएको छु’ उनी भन्छन्,‘हामी वैवाहिक जीवनबाट निकै खुशी छौं ।’
झापाको दमकमा घर भाडा लिएर बसिरहेका उनीहरुलाई समाजले हेला महसुस भएको बताउँछन् ।
उनीहरुमध्ये रुपकले पति र अनुभवले पत्नीको भूमिका निर्वाह गर्ने गरेका छन् । पुरुष र महिलाको यौन जीवन जस्तो नभएपनि जे छौं त्यसमा पूर्ण सन्तुष्ट रहेको उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्