इलामको सूर्योदय नगरपालिकाका चिया उद्योग आज देखि बन्द

<span class='c1'>इलामको सूर्योदय नगरपालिकाका  </span> <span class='c2'>चिया उद्योग आज देखि बन्द</span>

विर्तामोड,१२ असार । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले चिया उद्योग आज (बिहीबार)देखि बन्द गरेका छन्।

नगरपालिकाले तोकेबमोजिमको मूल्यमा हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टी एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गरेको हो।

नगरपालिकाले बनाएको चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५ अनुसार हरियोपत्तीको मूल्य प्रतिकिलो ४० रुपैयाँ नघटाइ किसानलाई उपलब्ध गराउनु पर्नेछ।

चिया उद्योगीका अनुसार गुणस्तरयुक्त चिया पत्तीको मूल्य प्रति केजी ४० रुपैयाँ दिन सकिए पनि त्यो भन्दा कम गुणस्तरको चियापत्तीलाई उक्त मूल्य दिन चिया उद्योगले सक्दैन।

एकजना चिया उद्योगी बुद्ध तामाङले भने, ‘हामीले कम गुणस्तरको चिया किसानलाई फिर्ता गर्न सक्दैनौँ। हाम्रो आफन्त छन्। छिमेकी छन्। परिवारका सदस्य छन्। तर उनीहरुले ल्याएका कम गुणस्तरको चिया कम मूल्यमा किन्ने वातावरण नगरपालिकाले बनाइदेओस्।’

नगरपालिकाले एक सुइरो दुई पातको चियापत्तीको मूल्य न्यूनतम प्रतिकेजी ४० रुपैयाँ तोकेको छ।

उक्त मापदण्डको पत्तीका लागि नगरपालिकाले तोकेको मूल्य किसानलाई तिर्न उद्योगी तयार छन्।

चिया उद्योगीले चियापत्तीको गुणस्तर पहिचानको संयन्त्र बनाउन नगरपालिकालाई आग्रह गर्दा पनि सुनुवाई नभएकाले उद्योग बन्द गरेर आन्दोलनमा उत्रनु परेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्