उपमेयरले इटहरीका व्यापारीलाई नागरिकता रोक्ने धम्की दिएपछि

<span class='c1'>उपमेयरले इटहरीका व्यापारीलाई नागरिकता</span> <span class='c2'>रोक्ने धम्की दिएपछि</span>

सुनसरी, १२ असार । । गलत मानिसले व्यवसायिक प्रमाणपत्र लिएको भन्दै इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले तीनका छोराछोरीको नागरिकता रोक्ने भनेपछि विहीबार इटहरीमा आयोजित एक कार्यक्रममा तनाव भएको छ । उद्योग वाणिज्य संघको साधारण सभामा स्वागत भाषण गर्दै उपमेयर गौतमले उम्मेद्वारहरुले जित्नैका लागि धेरै मानिसलाई उद्योगी व्यवसायीको प्रमाणपत्र दिएको अभिव्यक्ति दिएपछि हलमा उपस्थित इटहरीका व्यवसायीले होहल्ला गर्दै कुर्सी फ्याँक्ने प्रयास गरेका थिए ।

पुराना व्यसायीको नवीकरण र बिना इजाजत सञ्चालनमा रहेको व्यवसाय गर्नेलाई निर्वाचनमा उठेका भिम पौड्ल र शैलेश विष्ट पक्षले करको दायरामा ल्याउने अभियान चलाएका थिए । तर उपमेयर गौतमले आफ्नो पदीय मर्यादा बिर्सिएर उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्टको पक्षमा भोट माग्ने शैलीमा भाषण गर्न थालेपछि उत्तेजित व्यवसायीहरु विरोध जनाइरहेकै बेला त्यस्ता व्यापारीहरुको सन्तानको नागरिकता रोक्ने धम्की दिएपछि व्यवसायीहरुले आपत्ति जनाउँदै उपमेयर गौतम विरुद्ध नारावाजी नै गरेका थिए ।

उपमेयर विरुद्ध हलमा उपस्थित व्यवसायीले नारावाजी गर्दै कुर्सी हान्ने प्रयास गरेपछि उद्योग वाणिज्य संघ इटहरीका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष रोहित प्रसाईं र नेपाली काङ्ग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले आक्रोशित व्यवसायीलाई शान्त पारेका थिए । व्यवसायीको आपत्ति पछि उपमेयर बोल्दा–बोल्दै माइक छाड्न विवश भएकी थिइन् ।

उत्तेजित भीडलाइ शान्त पार्दै रोहित प्रसाईंले उपमेयरले आफ्नो पदीय मर्यादाको ख्याल नै नगरी व्यवसायीलाई नागरिकता रोक्ने धम्की दिएको बताए ।

त्यस्तै इटहरी उद्योग वाणिज्य संघका पूर्व महासचिव दिवस पोख्रेलले उपमेयर लक्ष्मी गौतमले व्यवसायीहरुबीच राजनीति पूर्वाग्रह हुनेगरी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले भने, ‘इटहरीमा स्थापनाकालदेखि महत्वपूर्ण कामहरुमा सक्रियता देखाएको वाणिज्य संघमा उपमेयर गौतमले व्यपारीको गरिमामय मञ्चको दुरुपयोग गरियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्