विराटनगरले चुम्यो उप–मेयर कप उपाधि, ह्रबिसे ४–१ गोल अन्तरले पराजित

<span class='c1'>विराटनगरले चुम्यो उप–मेयर कप उपाधि, </span> <span class='c2'>ह्रबिसे  ४–१ गोल अन्तरले पराजित</span>

विराटनगर, १२ असार । विराटनगर महानगरपालिकाले पहिलो संस्करणको उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

बिहिबार भएको फाइनल खेलमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै विराटनगर च्याम्पियन बनेको हो ।
उपाधिसँगै विराटनगरले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बाह्रबिसेले ३ लाख हात पारेको छ । एपीएफको मैदानमा भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
विराटनगरकी रेखा पौडेल, ईमा राई, विद्या राना र मनमाया लिम्बूले गोल गर्न सफल भइन् । यता बाह्रबिसेका लागि रुबिना पहरीले मात्र गोल गरिन् ।
प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गरेकी विराटनगरकी रेखा पौड्याल उत्कृष्ट खेलाडी घोषित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्