विराटनगर, १२ असार ।
विराटनगरमा भइरहेको रगत अभाव पुरा गर्नकालागि विराटनगरका ब्यापारीले रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् । विराटनगरमा रहेको विराट व्यापार संघले आफ्नो १९ औँ स्थापना दिवसका अवसरमा बृहत खुल्ला रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरेको हो ।
प्रत्येक वर्ष दिवसका अवसरमा नियमित सामाजिक काम गर्दै आएको संघले विराटनगरमा यस वर्ष पनि रक्तदान तथा निशुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरेको संघका अध्यक्ष सुजन थापाले बताए।
रक्तदानमा ७२ पिन्ट रगत संकलन भएको छ । त्यस्तै १०५ जनाले मधुमेह र उच्च रक्तचापको परिक्षण गराएका छन् । रक्तदान कार्यक्रममा संघमा आवद्ध उद्योगी, व्यवसायी, युवा, विद्यार्थी, समाजिक अभियान्ता, समाजसेवी, बुद्धिजीवी लगायत सडकमा हिँड्ने यात्रुहरुले समेत स्वेच्छाले रक्तदान गरेको अध्यक्ष थापाले जानकारी दिए ।
अध्यक्ष थापाले संघ उद्योगी व्यापारीको हक हितका लागि भएपनि थुप्रै सामाजिक कार्यहरु पनि नियमित गर्दैै आएको जानकारी दिए । उनले भने ‘हामीले आज दिवसको अवसरमा यो कार्यक्रम ग¥यौँ । तर, यति मात्र होइन हामीले नियमित विभिन्न सामाजिक कामहरु समेत गर्छौँ ।’