जोगबनीमा हडताल, विराटनगर भन्सारको राजस्व असुली प्रभावित

<span class='c1'>जोगबनीमा हडताल, विराटनगर भन्सारको</span> <span class='c2'>राजस्व असुली प्रभावित</span>

विराटनगर,  १३ असार। भारतको अररिया जिल्लाको सीमावर्ती बजार जोगबनीमा तीन दिनदेखि गरिएको हडतालका कारण विराटनगर भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ । जोगबनीबजारको सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले हडताल गरेका हुन् ।

बजार बन्द भएका कारण भारतका विभिन्न सहरबाट मालवाहक सयौं ट्रक र कन्टेनर सीमावर्ती बजार जोगबनीमा नै रोकिएका छन् ।

जोगबनीमा रानी नाकाबाट हुने आयात–निर्यात ठप्प हुँदा दैनिक १५ करोड रुपैयाँ नोक्सानी भएको रानी भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेलले बताए ।

विराटनगर भन्सार कार्यालयले चालू आवमा ४२ करोड ५३ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि ११ महिनाको अवधिमा ३२ अर्ब १५ करोड ४८ लाख रुपैयाँमात्र राजस्व संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्