सर्लाहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक श्रमिक घाइते

<span class='c1'>सर्लाहीमा अज्ञात व्यक्तिको गोली</span> <span class='c2'>प्रहारबाट एक श्रमिक घाइते</span>

सर्लाही, १४ असार । सर्लाहीको लालबन्दीमा गोली चलेको छ । अज्ञात मान्छेको गोली प्रहरबाट एक जना श्रमिक घाइते भएका छन् ।

शनिबार दिउँसो साढे १२ बजे वडा नं. १ नवलपुरमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा सोहि वडा बस्ने ३० वर्षिय जयनाथ महतो घाईते भएका हुन । महतो सोही वडामा मन्दिर निर्माणको काम गरिरहेको समयमा नम्बर नखुलेको मोटरसाइकलमा दुई जना सवार व्यक्तिले गोली चलाउँदा महतोको दाहिने हातको पाखुरामा गोली लागि घाइते भएका हुन् ।

महतोलाई नवलपुर रहेको अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि वीरगञ्जतर्फ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा डिएसपि प्रतित सिंह राठोरले जानकारी दिए । अज्ञात ति दुई व्यक्ति गोली हानी जङ्गलको बाटो भएर भागेको अभियुक्तहरुलाई खोजी कार्य भइरहेको प्रहरी प्रवक्ता राठोरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्