उर्लावारीको शनम शाक्य हत्या प्रकरणसँग जोडिएको३३ केजी सुन प्रकरण: तीन न्यायाधीशले बुझाए स्पष्टिकरण

उर्लावारीको  शनम शाक्य हत्या प्रकरणसँग जोडिएको३३ केजी सुन प्रकरण: तीन न्यायाधीशले बुझाए  स्पष्टिकरण

काठमाडाैं, १४ असार । ३३ किलो सुन तस्करी र शनम शाक्य हत्या प्रकरण मुद्धामा न्यायाधीशहरुले अनुचित प्रभावमा परेर आदेश गरेको भन्दै न्याय परिषद् तानिएका तीन न्यायाधीसले स्पष्टीकरण पेस गरेका छन् । उच्च अदालतका न्यायाधीशहरू थीरबहादुर कार्की, साधुराम सापकोटा र उमेश सिंहले न्याय परिषदमा आफै उपस्थित भएर प्रष्टीकरण पेस गरेका छन् ।

परिषद् तानिएका बिराटनगर उच्च अदालतका ८ न्यायाधीश मध्ये तीन जनालाई गत साता स्पष्टिकरण सोधिएको थियो । उनीहरूले एक साता पुग्नु एक दिन अगावै स्पष्टिकरण पेश गरेको न्याय परिषद्का सुचना अधिकारी टेकनाथ गौतमले जानकारी दिए । स्पष्टिकरण पेश गरेको तीन न्यायाधीश मध्ये न्यायाधीश साधुराम सापकोटाले आफुले आचारसंहिता उल्लंघन नगरेको भनी स्पष्टिकरण पेश गरेको बताए । ‘यति लामो समय अबधीमा कुनै अनुचित काम मैले गरेको छैन, उनले भने ‘म हुलमुलमा परेको हुँ उक्त आदेश दिदाँ आफ्नो कुनै गल्ती छैन ।’  न्यायाधीश सापकाेटाले अाफु उक्त प्रकरणमा हुलमुलमा परेकाले निर्दाेष रहेकाे बताए ।

मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीशद्वय सारंगा सुवेदी र जनक पाण्डेमाथि लागेको आरोप पुष्टि हुन नसकेकाले सफाई पाएका थिए। सोही प्रकरणमा मुछिएका न्यायाधीशहरू उमेशराज पौडेल र नागेन्द्रलाभ कर्णले न्यायसेवाबाट अवकाश पाइसकेका छन्। उनीहरुविरुद्ध लागेको आरोपका फाइल तामेलीमा राख्ने निर्णय भएको छ। न्यायपरिषदले २०७५ चैत २५ गते सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा अधिकारसम्पन्न समिति गठन गरेको थियो। समितिमा न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य थिए।

३३ केजी सुन तस्करी र सनम शाक्य हत्याको मुद्दामा उच्च अदालतका न्यायाधीश नै अनुचित प्रभावमा परेको छानवीन समितिको प्रतिवेदनले पुष्टि गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्