आमाको हत्यामा छोरीकै संलग्नता, हत्या गर्न प्रेमीलाई दिएकी थिइन् १२ लाख

आमाको हत्यामा छोरीकै संलग्नता, हत्या गर्न प्रेमीलाई दिएकी थिइन् १२ लाख

काठमाण्डौ,१७ असार ।   भक्तपुरको चाँगुनारायण-७ बाँसवारीकी सावित्री भट्टराईको हत्या उनकै छोरीले गराएको खुलेको छ । छोरी ईश्वरीकै घरमा बस्दै आएकी ६१ वर्षीया सावित्रीको गएको आइतबार बिहान चक्कु प्रहार गरी घाँटी रेटेर हत्या भएको थियो ।

हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरी ईश्वरीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका-४ घर भई भक्तपुरको पुरानो ठिमी बस्ने २३ वर्षीय मोहम्मद नौसाद, भारतको जनक भगत, ईडी-३५ नई अशोक नगर बसुन्धारा ऐक्लेवका २४ वर्षीय अर्जुन कुमार भन्ने भोला कुमार, भारतकै मधुमनीका २४ वर्षीय मोहम्मद रहिश र मृतककी छोरी ईश्वरी भट्टराई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छोरी ईश्वरी र सिरहा घर भइ पूरानो ठिमी बस्दै आएका मोहम्मद नौसादबीचको सम्बन्ध आमाले थाहा पाएपछि त्यसबाट बँच्न छोरीले नै नौसादसँग सल्लाह गरी १२ लाख रुपैयाँ दिएर मार्न लगाएको खुलेको छ ।

नौसाद र भोला कुमारले भारतबाट मोहम्मद रहिशलाई बोलाएर सावित्रीको हत्या गरेको अनुसन्धानमा पाइएको महानगरीय अपराध महाशाखा टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्