मध्य असार बितिसक्दापनि रोपाई गर्ने पानी पर्न सकेन, किसानलाई खेत बाँझिने चिन्ता

मध्य असार बितिसक्दापनि रोपाई गर्ने पानी पर्न सकेन, किसानलाई खेत बाँझिने चिन्ता

रविन्द्र बराल
रंगेली, १८ असार ।
मध्य असारमा झमझम झरिपर्नु पर्ने बेला । तर असारको १८ जाँदासम्म पनि रोपाई गर्ने गरी पानी पर्न सकेको छैन । जसले गर्दा पहाडी क्षेत्रका किसानलाई मात्र हैन मधेशको दक्षिणी क्षेत्रका किसानले पनि रोपाई गर्न पाएका छैनन् ।

समयमै पानी नपर्दा कृषकहरुले धान रोपाइ गर्नै पाएका छैनन् । बि.सं. २०७४ साल साउन महिनमा आएको बाढीले मोरङ–सुनसरी सिचाईँ आयोजना अन्तरगतको लोहन्द्रा खोलाको कसेनीमा रहेको पुल भत्किएपछि तीन बर्षदेखि मर्मत संम्भार हुन सकेको छैन ।
नहरमा पानी नचल्दा बाहुनी, कालिस्थान, कर्सिया, बबिया , बयरवन, दलेली, रञ्जनी, आमतोला, लगायतका हजारौं हेक्टरका खेतीयोग्य जमिन बाँझै बस्ने अबस्थामा पुगेका छन् । यी ठाउँमा नहरको पानी नुहँदा आकाशको पानीको भर पर्नु पर्ने बाध्यता छ ।
असार १८ गते भईसक्दा समेत खेतमा पानी नहुदा धानको बीउ समेत पहेँलिन थालेको छ । धान रोप्नका लागि खेत जोतेका किसानहरुले पानीको पर्खाईमा छन् । तर जोतेका खेतहरुमा धुलो उड्न थालेको छ भने धानको ब्याडमा धाँजा फाट्न थालेको छ ।
पानी नहुँदा किसानहरु मेटरको भरमा खेती गर्न बाध्य भएका छन् । मोटरको भरमा खेती गरेपनि उब्जनीमा निकै कमिआउने स्थानीय भुपाल अधिकारले बताए ।
रंगेलीका कृषक हेम खड्काले दिउँसो खेतमा पानी पटाएपनि अर्कोदिन सुक्दा धानै रोप्न नपाएको गुनासो गरे । सयौँ किसानका समस्या उस्तै देखिएको छ । मोरङ–सुनसरी सिँचाइ आयोजनाको लापरवाहीका कारण धेरै किसानले दुःख पाएको बताए ।
कृषकहरू अहिले आफ्ना अन्य काम छाडेर असारे पानीको मौका छोपी धान रोप्न थालेका छन् तर त्यो पनि भने अनुसारको पानी पर्न सकेको छैन । असार महिनाभित्रै रोपाईं गर्न नपाइएमा धान रोप्न नै समस्या हुने किसानको गुनासो छ । बिउ नै तोकिएको दिन भन्दा बढी हुने र उत्पादनमा ह्रास आउने किसान बताउँछन् ।
असार १५ लाई धेरैले बिभिन्न नाममा धान रोपाई गरेको भएपनि बास्तबिक किसानका समस्या बुझिदिने कोहीपनि देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्