विराटनगरका पत्रकार मिनकुमारको काठमाडौंमा एकल कबिता वाचन

विराटनगरका   पत्रकार मिनकुमारको काठमाडौंमा एकल कबिता वाचन

काठमाडौं,१९ असार। विराटनगरलाई कर्मक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार मिनकुमार नवोदित श्रेष्ठ काठमाडौँमा कविका रूपमा स्रोता दर्शक सामु प्रस्तुत भए ।

सास्कृतिक सस्थानले महिनाको तेस्रो बिहिबार आयोजना गर्दै आएको एकल कबिता वाचनको १५ औं श्रृंखलामा युवा कबि मिनकुमार नबोदित आफ्ना कवितामा खुलेर प्रस्तुत भए।

आमा र जून कविता सहित उनले विभिन्न रसमा लेखिएका १२ वटा कबिता उल्लेख्य पारखीहरूका बीचमा वाचन गरेका थिए ।

बरिष्ठ कवि प्राध्यापक डक्टर तुलसी दिवसको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सासद खेम नेपाली, प्राज्ञ गङ्गा सुबेदीले कवि मिनकुमार काव्यिक व्यक्तित्व र कविताको बारेमा चर्चा गरेका थिए।

कार्यक्रममा  कवि नबोदितलाइ कवि दिवसले सम्मान पत्रद्वारा सम्मान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्