विराटनगरको फन एण्ड फुट रिसोर्टमा पौडी प्रतियोगिता

विराटनगरको फन एण्ड फुट रिसोर्टमा पौडी प्रतियोगिता

विराटनगर, २१ असार । नेपाल पौडी संघ र मोरङ पौडी संघको आयोजनामा विराटनगर स्थित फन एण्ड फुट रिसोर्टमा पौडी प्रतियोगिता आयोजना गरिएको छ ।

महिला र पुरुष गरी छुट्टा छुट्टै विधामा शुक्रबार   प्रतियोगिता  सम्पन्न गरिएको छ । ८ सय मिटरतर्फको प्रथम ससाहाङ्ग राई, द्धितीय अजय सोरेन र तृतीय अन्जन मलिक भए । पुरुष तर्फ ४ सय मिटर पौडीको प्रथम सार्थक श्रेष्ठ, द्धितिय आयूष लामा र तृतीय सुमित साह भए ।

यस्तै सोही विधाको १ सय मिटर तर्फको प्रथम कालुराम माझी, द्धितीय अजय सोरेन र तृतीय प्रमोद सोरने भए । त्यस्तै महिला तर्फ १ सय मिटरको प्रथम उपसना राई, द्धितीय प्रशंशा रिजाल र तृतीय उदेन लामा भइन् ।

यस्तै सोही विधाको २ सय मिटरतर्फ प्रथम उदेन लामा, द्धितीइ सिरिम प्रसाई र तृतीय अंकिता खड्का भइन् । प्रतियोगिताको पुरुष तर्फको उत्कृष्ट खेलाडी आयुष लामा र महिलातर्फको उपसना राई घोषित भइन् ।

उदयमान खेलाडीमा आरसीया पौद्धार भइन् । सो खेलमा एक नम्बर प्रदेशका ९० जना खेलाडीहरुले भाग लिएका थिए । विजेता खेलाडीहरुले ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्