मौसमको पूर्वसूचनाले घटाउन सक्छ जोखिम, वर्षामा बाहिर हिँड्दा के–के गर्ने ?

मौसमको पूर्वसूचनाले घटाउन सक्छ जोखिम, वर्षामा बाहिर हिँड्दा के–के गर्ने ?

काठमाडौ, २२ असार । वर्षाका बेला कतै हिँडडुल गर्नु छ भने ११५५ टोल फ्री नम्बरमा सम्पर्क गर्नुहोस् । जहाँबाट वर्षा बढी हुने स्थान, बाढी, पहिरो र डुबान जोखिम क्षेत्रको जानकारी सहजै दिइन्छ ।

त्यस्तै ‘नेपाल फ्लड अलर्ट’ नामको फेसबुक पेज र ट्विटर पेजमा पुगेर पनि वर्षा र यसले निम्त्याउने जोखिमको अवस्था थाहा पाउन सकिने बाढी पूर्वानुमान महाशाखाका कर्मचारी सुनिल पोखरेलले बताए ।

उनले भनेझैँ त्यस पेजमा शनिबार बिहानै तीन दिनको बाढी पूर्वानुमानको सूचना प्रकाशित भयो । जानकारीसँगै नदीको नक्सामा बाढीले देखिएको उतारचढाव सहितको जानकारी पनि उपलब्ध छ ।
बाढी पूर्वानुमान बुलेटिनमा राखिएको सूचनाअनुसार विगत २४ घन्टामा सबैभन्दा बढी वर्षा लमजुङको बँेसी सहरमा भएको छ ।

यस अवधिमा करिब १०० मिलिमिटरवर्षा भएको थियो । सोही बुलेटिनमा नेपालका ठूला तथा मझौला नदीहरू कन्काई, कोसी, कमला, बाग्मती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा आइतबाररातिसम्म हुने वर्षाले बहाव बढ्ने तर सतर्कता तहभन्दा तल नै बहावको अवस्था स्थिररहने उल्लेख छ ।

बुलेटिनमा उल्लेख भएअनुसार सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिम क्षेत्रका स्थानीय नदीमा भने बहाव उच्च रहँदा आकस्मिक बाढी आउने सम्भावना छ । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुरको चुरे पहाडबाट बग्ने नदी तथा पाँच नम्बर प्रदेशको बर्दिया, बाँके, दाङ, कर्णालीका केही र प्रदेश ३ का पहाडी जिल्लामा बग्ने नदीमा बाढी आउने भएकाले सतर्क रहन भनिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्