सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता स्थाहरु खारेज गर्न माग

सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता स्थाहरु खारेज गर्न माग

कामठाडौं,२२ असार। नेपाल कम्युनिस्ट पार्टीकी सांसद पंफा भुसालले सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता श्रीमानको हैसियतको आधारमा निर्माण भएका संस्थाहरु खारेज गर्न माग गरेकी छन् ।

आइतबार संसदमा विशेष समय लिएर बोल्दै उनले मुलुकबाट सामन्तवादी शासन व्यवस्था अन्त्य भए पनि राज्यका निकायमा अझै पितृसत्तावादी संथाहरु कायमै रहनु दुखद भएको बताइन् ।

अहिले पनि सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघ, सशस्त्र प्रहरी श्रीमती संघ, निजामती कर्मचारी श्रीमती संघजस्ता संस्था क्रियाशील रहनु गणतन्त्रसँग मेल नखाने उनले बताइन् ।

‘हिजोको परिवार र वंशवादमा आधारित पितृसत्तात्मक सामन्ती राजतन्त्रात्मक व्यवस्थामा बनेका संस्थाहरु राजतन्त्र अन्त्य भएर गणतन्त्र आएको छ, जनताले निर्वाचित भएका प्रतिनिधि शासकमा बदलिएका छन् । राष्ट्रप्रमुख सरकार प्रमुख बनिरहेका छन् । राज्यका महत्वपूर्ण निकायहरु सेना प्रहरी र निजामती प्रशासनमा अहिले पनि त्यसको धङधङी बाँकी छ’ भुसालले भनिन् ।

त्यस्ता श्रीमती संघहरु राज्यकै बजेटबाट सञ्चालन भइरहेको भन्दै उनले यस्तो प्रचलन गणतन्त्रसँग मेल नखाने बताइन् । ‘गणतन्त्रसँग मेल नखाने, राज्यको स्रोत साधनबाट परिचालन हुने यी सामन्ती पितृसत्तावादी संस्थाको यथासिघ्र खारेज गरियोस्’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्