सम्बन्धमा रहँदा रहँदैपनि किन हुँदैन समर्पण भाव ?

सम्बन्धमा रहँदा रहँदैपनि किन हुँदैन समर्पण भाव ?

बीबीसी, २३ असार ।  अमेरिकाका राष्ट्रपति माइक पेन्स कुनै पनि बाहिरी महिलाका साथ एक्लै डिनर वा लञ्चमा जाँदैनन् ।  उनको भनाइमा यो नियम उनले पत्नी केरनप्रति बफादारीका लागि बनाएका हुन् ।

उनलाई पत्नीप्रति आस्थावान बन्ने प्रेरणा धार्मिक आस्थाका कारणले मिल्ने गरेको छ ।  कतिपय मानिस माइक पेन्सको यो नियमको तारिफ गर्छन् भने केहीको भनाइमा उनको नियम अरु महिलाको अपमान हो । माइक पेन्सको फैसला कुनै अनौठो कुरा भने होइन । एक सर्वेका अनुसार ५.७ प्रतिशत मानिसले यो मान्छन् कि कुनै सम्बन्धमा रहेरपनि अरुसँग लन्च वा डिनरमा जानु भनेको राम्रो होइन ।

भलै तपाईँ माइक पेन्स र केरेनको बारेमा जेसुकै सोच्नुस् । उनले कमसेकम आफ्नो सम्बन्धको एक सीमा रेखा त खिचेकै छन् । उसैपनि धेरै जसो मानिसको सम्बन्धको नराम्रो पक्ष के हुन्छ  भन्ने बारेमा  यसको कुनै सीमा वा परिभाषा तय भएको छैन ।

उसलाई याद पनि हुन्न कि बफादारी के हो र समर्पणभावको अभाव के हो ? यसको बीचमा के फरक हुन्छ ?

असली मामिला भनेको संवादहीनता र नराम्रो कुरालाई लिएर समझदारीको कमी नै हो । हाम्रो समाजमा सम्बन्धमा धोकाको घटना धेरै छन् ।

तर, हरेक जोडीले यो मान्छ कि उसको साथी उप्रति बफादार छ । कति मानिसले खराब व्यवहार गर्छन् भन्ने कुराको तथ्यांक पाउनु मुश्किल कुरा हो । यसको मुख्य कारण भनेको सम्बन्धमा विश्वासघातलाई लिएर मानिसले सायदै बताउने गर्छन् ।

पहिला भनिन्थ्यो कि ७५ प्रतिशत पुरुष र ६९ प्रतिशत महिलामा समर्पण भाव हुँदैन । तर, हालैको अनुसन्धानले समर्पण भावको अभाव भएका महिला पुरुष भन्दा कतिपनि कम छैनन् । तर, रमाइलो कुरा के छ भने केवल ५ प्रतिशत महिला आफूलाई आफ्नो साथीले  छल गरिरहेको वा गर्नेछ भन्ने थाहा छ ।  धेरैजसो मानिस आफ्नो साथीमा आँखा चिम्लेर भरोसा गर्छन् ।

समर्पणभावको अर्थ के हो ?

कालगरी युनिभर्सिटीका सुसन बून भन्छिन्,‘‘जो मानिस डिप्रेसनको शिकार छैनन्, उनीहरु आमरुपमा आफ्नो साथीसँग आँखा चिम्लेर यकिन गर्छन् । उनीहरु कहिल्यै सोच्दैनन् कि उनीहरुका साथीले उनीहरुलाई धोका दिन पनि सक्छन् ।’’

यसको एउटा ठूलो कारण यो पनि हो कि समर्पण भाव नहुनुको परिभाषा अलग अलग मानिसका लागि अलग अलग हुन्छ । सुसन बुन भन्छिन्,‘‘मानिसहरु खासगरी यो कुराको अलग अलग अनुमान गर्छन् कि कुन सम्बन्धमा समर्पण भाव नहुनुको मतलब के हो ? यसको अर्को कारण यो कुरामा छलफल  गरेर मर्यादा तय गर्दैनन् । हरेक मानिसमा धोकाको अलग अर्थ हुने गर्छ ।’’

करिब ७० प्रतिशत मानिस यस्ता छन् कि जसले आफ्नो पति वा पत्नीको समर्पण भावलाई लिएर चर्चा गरेका छैनन् । के कुनै सम्बन्धमा भएका बेलामा नै डेटिङ्ग एप डाउनलोड गर्नु धोका हो ? डेटिङ्ग एपमा १८ देखि २५ प्रतिशत ग्राहक पहिलादेखि नै कुनै न कुनै सम्बन्धमा बाँधिएका हुन्छन् । यसको मतलब यो पनि हो कि एक सम्बन्धमा हुँदाहुँदै दोस्रो साथीको खोजी गरिरहेका छन् ।

कतिका लागि दोस्रोसँग यौन सम्बन्ध राख्नु नै धोका हो । कतिपयले मेसेजमा कुरा गर्नुलाई नै पनि समर्पण भावको अभाव भन्ने गर्छन् । त्यसैले तत्कालै समर्पण भावको अभावको परिभाषा गर्नु मुश्किल कुरा हो । खासमा मानिसहरु अक्सर आफ्नो साथीको साथीसँग चाँडो नजिक हुन्छन् ।

उसको प्रतिक्षा हुन थाल्छ र उनीहरुलाई भेट्दा खुसी हुन्छन् । यदि सम्बन्ध भयो भने त्यसलाई समर्पण भावको अभाव भन्ने कि नभन्ने ? धेरैजसो मानिसको भनाइ छ कि यदि हामीले सम्बन्धमा मर्यादा पहिला नै तय गरिदियौं भने त्यसपछि उसको समर्पण भाव र उसलाई पर्गेल्न सजिलो हुन्छ । कुनै पनि सम्बन्ध राम्रो बनाउन यो जरुरी रहेको छ । धेरै जना आफ्ना साथीमा निर्भर हुन्छन् । यदि तपाईँका धेरै साथी छन् जसले समर्पण भाव त्यागेका छन् भने तपाईँले पनि तपाईँका आफ्नो साथीलाई धोका दिने बढी सम्भावना हुन्छ । आमरुपमा आफ्नै जस्तो मिजास भएका मानिससँग नै सम्बन्ध रहन्छ ।

के गर्ने ?

कुनै सम्बन्धमा रहेका मानिसहरुले धोकालाई अनैतिक मान्छन् । यस्तो अवस्थामा कसैले सपर्पण भाव त्याग्यो भने उसलाई के गर्ने ? आफ्नो गल्ति स्वीकार्ने ?

धेरैजसो मानिस यसको जवाफ ‘हो’ मा दिने गर्छन् । किनकि ९० प्रतिशत मानिसले यो भनेका छन् कि यदि उनको साथीले धोका दिएको छ भने यो कुरा उनले जान्न चाहन्छन् । तमाम् अनुसन्धानले के इशारा गरेका छन् भने मानिसले कुनै पनि सम्बन्धको बफादारितालाई ज्यादै महत्व दिने गर्छ । । उसले सम्झने गर्छ कि धोका दिनुले उसलाई नोक्सान पुग्छ । यसैले समर्पण भावको अभावले गर्दा नै अमेरिकामा धेरैजसो सम्बन्ध विच्छेद हुने गरेको छ ।

यदि तपाईँले सम्बन्धमा छल गर्नुभएको छ भने यसले तपाईँको साथीलाई अप्ठेरो नै महसुस गराउँछ । जो मानिस आत्ममुग्ध हुन्छन् र उनीहरुलाई यस्तो स्वीकारोक्तिले धेरै समस्या हुन्छ  ।

कतिपय मानिस त डिप्रेसनमा नै जान्छन् । केही आफ्नो साथीमा भएको समर्पण भावको अभावले निकै आक्रामक पनि हुन्छन् । यदि कसैले एक पटक धोका दिन्छ भने आम रुपमा उसका साथीले उसलाई क्षमा पनि दिन्छन् । कैयौं पटक यो कारणले सम्बन्ध टुट्ने गर्दछ । नत्र अक्सर मानिस यस्तो धोकाको बावजुद सम्बन्ध बचाउन प्रयास गर्छन् ।

तर, धोका दिने आदत नै बन्यो भने त्यतिबेला कुनै विकल्प रहँदैन । एउटा मात्रै विकल्प भनेको त्यो सम्बन्धबाट पिठ फर्काउनु नै हो । यसमा कुनै दुई मत  छैन—हाम्रो समाजमा समर्पण भावको अभावका घटना आम रुपमा भइरहेका छन् । कुनै पनि सम्बन्धमा यसको सम्भावना रहन्छ । त्यसैले सायद यस बारेमा कुरा गर्ने समय आइसकेको छैन । (बीबीसी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्