टिकटकले भाँडियो घर, अंशबण्डाको तयारीमा दाजुभाई (भिडियो)

<span class='c1'>टिकटकले भाँडियो घर, अंशबण्डाको</span> <span class='c2'>तयारीमा दाजुभाई (भिडियो)</span>

काठमाडौँ, २५ असार । नेपालमा सामाजिक सञ्जालको बढ्दो आकर्षण सँगै पछिल्लो समयमा टिकटकको प्रयोग पनि धेरैले गरेको पाइन्छ। छोटो समयको आवाजलाई आफ्नो अभिनय सहितको भिडियो बनाएर अरुको मन जित्ने सजिलो माध्यम बनेको छ टिकटक।

पछिल्लो समयमा टिकटकको बिषयमा पनि कतिपय कलाकारहरु गीत सृजना गर्नमा तल्लिन छन्। यसैबिच दियान मिडियाबाट बजार आएको २०७६ सालका लागी तयार पारिएको गीत टिकटक काण्डले पनि छोटो समयमा नै राम्रो चर्चा पाएको छ। गायक नारायण भट्टराई, हेम शर्मा मुस्कान, अनिता पन्त र शान्ति अधिकारीको संयुक्त स्वर रहेको गीतमा राजु केसीको शब्द तथा धनु मगरको लय रहेको छ भने गीतलाई तारानाथ आचार्यले एरेन्ज गरेका छन्।

नारायण भट्टराईकै निर्देशनमा तयार पारेको म्युजिक भिडियोमा निश्चल दवाडी, अनिता पन्त, दीपिका जेनिइ र अविरल अधिकारीको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोलाई शिव भुर्तेलले छायांकन तथा सम्पादन गरेका छन्।

https://www.youtube.com/watch?v=fs19wi9xsgc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्