एक वा दुई छोरी मात्रै जन्माउने परिवारलाई एक लाख पुरस्कार

<span class='c1'>एक वा दुई छोरी मात्रै</span> <span class='c2'>जन्माउने परिवारलाई एक लाख पुरस्कार</span>

काठमाडौँ, २५ असार । कालिकोटको खाँडाचक्र नगरपालिकाले एक वा दुई छोरी मात्रै जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमममै नगरपालिकाले पुरस्कारको व्यवस्था गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा कालिकोटबाट रमेश रावलले लेखेका छन्।

खाँडाचक्र नगरपालिकाकी उपप्रमुख विजया विष्टले यो निर्णयले छोरीको भ्रुणहत्या रोकिने अपेक्षा गरिएको बताइन्।

छोरीको भु्रणमै हत्या गर्ने वा छोराका लागि धेरै छोरी जन्माउने क्रम बढेपछि नीति तथा कार्यक्रममै पुरस्कारको व्यवस्था गरिएको उनको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्