विराटनगरमा हुन लागेको मुख्यमन्त्री कपको पूर्वसन्ध्यामा शहिद रङ्गशाला जलमग्न, मैदान परिवर्तन हुन सक्ने

विराटनगरमा हुन लागेको मुख्यमन्त्री कपको पूर्वसन्ध्यामा शहिद रङ्गशाला जलमग्न, मैदान परिवर्तन हुन सक्ने

प्रेम देवान

विराटनगर २५ असार । विराटनगरको शहिद रङ्गशालामा भोलीदेखी हुन लागेको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको पुर्व सन्ध्यामा खेल मैदान वर्षाका कारण जलमग्न भएको छ ।


प्रदेश सरकारले चालु आर्थिक वर्षकै बजेटबाट मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी गरिरहदा खेल मैदानमा भारी वर्षाका कारण खेल मैदान परिवर्तन हुन सक्ने सम्भवना देखिएको छ । गएरातीदेखी नै परेको अविरल वर्षाका कारण विराटनगर सहिद रङ्गशालाको खेल मैदानमा जलमग्न भएको छ । यसका लागी अहिले आयोजक कमिटीको आकस्मिक बैठक बसिरहेको खेल प्रचार प्रसार संयोजक रोहित कोईरालालले जानकारी दिए । प्रतियोगीताको सम्पुर्ण कार्य अन्तिम चरणमा आईपुगेको बेला अचानक वर्षाका कारण मैदानमा पानी जमेका कारण खेल मैदान परिवर्तन हुन सक्ने कोईरालाले जानकारी दिए ।


‘यसका लागी अहिले हामी आन्तरिक बैठकमा छौ , अब के निष्र्कष निस्कन्छ हेरौ ।’आज हामीले ३ बजे प्रतियोगिताको अन्तिम चरण बारे पत्रकार सम्मेलन पनि राखेको छौ । मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा २०७६ को अन्तिम चरणको लिग र फाइनल खेल भोलि उद्घाटन गर्नको लागि लगभग सम्पूर्ण तयारी भईसकेको थियो । ‘अन्तिम चरणमा रहेको बेला प्रतियोगिता स्थल सहिद मैदानमा जमेको पानीको उचित निककास नहुँदा हामी आफै समस्यामा परेका छौ ।’ पानी रोकीएन भने धरान रङ्गशालामा प्रतियोगीता सर्न सक्छ । प्रतियोगीतामा ६ वटा क्लव सहभागीता रहने छ ।

तस्वीर सौजन्य ः रोहित कोईराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्