विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का पक्राउ

<span class='c1'>विप्लव समूहका सोलुखुम्बु जिल्ला</span> <span class='c2'>सेक्रेटरी शिवा खड्का पक्राउ</span>

चितवन प्रहरीले विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ ।

चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई आज पक्राउ गरेको हो ।

सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं २ खाल्पा माइती घर भएकी खड्का विप्लव समूह गठन भएको विसं २०७१ मङ्सिर ८ गतेदेखि नै सो पार्टीमा आबद्ध थिइन् ।

उनी पार्टीको महिला केन्द्रीय सदस्य, कोशी ब्यूरो संयोजक हुँदै विगत एक वर्षदेखि सोलुखुम्बु जिल्लाको सेक्रेटरी भई काम गर्दै आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी खड्काबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्