“अझै केही दिन वर्षा हुन्छ , सावधान रहनुस् ” – मौसमविद्

“अझै केही दिन वर्षा हुन्छ , सावधान रहनुस् ” – मौसमविद्

काठमाडौं, असार २८। न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ ।

न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन् ।

‘आगामी तीन दिन देशभर मनसुन अतिसक्रिय हुनेछ । जसले गर्दा बाढी, पहिरोको उच्च जोखिम रहेकाले सतर्कता उपनाउनुपर्ने हुन्छ’–उनले भनिन् ।

आज शनिबारलाई देशभर नै जोखिम रहेकाले नदी तथा तटीय क्षेत्रमा हुनेहरु सुरक्षित स्थानमा सर्न मौसमविद्को आग्रह छ ।

खासगरी २५ जिल्लामा कहिले मध्यम, कहिले भारी वर्षा भइरहने बताइएको छ ।

बाढी पूर्वानुमान महाशाखाकाअनुसार वाग्मती नदीको तराई क्षेत्रमा बहाब खतराभन्दामाथि बढ्दोक्रममा रहेको छ ।

खासगरी प्रदेश नम्बर–१, २ र ३ का सबै चुरे खोलामा बहाब सतर्कतामाथि र उच्च खतरा शनिबारसम्म कायम रहने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौं उपत्यकामा १९.० मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै, पोखरामा २३.०, दाङमा २३.४, जुम्लामा १५.९, धनगढीमा २५.५, नेपालगन्जमा २५.६, सिमरामा २४.४, दिपालमा २४.६ र वीरेन्द्रनगरमा २४.३ मिलिमिटर वर्षा मापन गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्