मौसमविद भन्छन : शनिबार र आइतबार पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनसक्छ

मौसमविद भन्छन : शनिबार र आइतबार पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा  हुनसक्छ

काठमाडाैं,  २८ असार । मौसम पूर्वानुमान महशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार शनिबार विशेष गरेर पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ । पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा ठूलो भारी वर्षासमेत हुने अनुमान गरिएको छ । त्यस्तै, देशका केही स्थानमा हावाहुरीको सम्भावना पनि देखिएको छ ।

आइतबार

मौसमविद् अर्यालका अनुसार आइतबार दिउँसो देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ । खासगरी पूर्वी, पहाडका केही ठाउँमा भारी वर्षा हुनेछ । आइतबार राति पनि प्रायः सबै क्षेत्रमा व्यापक वर्षा जारी रहनेछ । पूर्व र मध्य क्षेत्रका पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्