पुर्ब पस्चिम राजमार्गको भप्सी पुल खोलाले बगायो, आवत जावत ठप्प

पुर्ब पस्चिम राजमार्गको भप्सी पुल खोलाले बगायो, आवत जावत ठप्प

बर्दिवास, २८ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नजिकै रहेको भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत–जावत ठप्प छ । अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो । तर कतिपय व्यक्तिहरु भने जोखिम मोल्दै बाढी तरेर वारपार गरिरहेका छन् । बाढीले पुल बगाए पछि कुनै बिकल्प नभएर बाटोमै रोकिएका यात्रुहरु बाढीकै बिचमा वारपार गरेका हुन् । यस्तै महोत्तरी र धनुषा भएर बग्ने रातु खोलामा अहिलेसम्मकै ठुलो बाढी आएको छ । बाढीका कारण आसपासका सर्बसाधारणलाई सुरक्षित रहन प्रशसनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्