काठमाडौं असार २८ , काठमाडौँबाट सिरहास्थित घर जाँदै सिरहा गोलवजार नगरपालिका–३ का इन्द्र साह पहिरोमा पुरिएका गम्भीर घाइते भएका छन् । काभ्रेको नेपालथोकमा गएको पहिरोमा पुरिएर उनी गम्भीर घाइते भएका हुन् ।
उनी सबार गाडी पहिरोमा पुरिँदा उनको खुट्टा भाँचिएको छ भने छातीमा चोट लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता समेत रहेका विश्वनाथ साहले जानकारी दिए ।
सुरुमा स्थानीय अस्पतालमा भर्ना गरिएकोमा अवस्था चिन्ताजनक रहेको उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौ ल्याउने तयारी थालिएको छ ।