आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्ती मनाइँँदै

<span class='c1'>आदिकवि भानुभक्त आचार्यको</span> <span class='c2'>२०६औँ जन्मजयन्ती मनाइँँदै</span>

काठमाडौं,  २९ असार ।   असार २९ अर्थात् नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती। नेपाल तथा नेपालीभाषी रहेका विश्वभर विविध कार्यक्रम गरी आइतबार आचार्यको २०६औँ जन्मजयन्ती मनाइँँदै छ।

आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०५ वर्षअघि अर्थात् वि.सं.१८७१ असार २९ गते भएको थियो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा भएको थियो।  उनले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा ढालेका थिए। रामायणलगायत प्रश्नोत्तर, भक्तमाला वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्।  जहाँ जुन प्रसंग आउँछ तत्काल कविता रच्न सक्ने क्षमता उनको थियो। उनको निधन १९२५ मा भएको थियो।  भानुजयन्तीको अवसरमा भानु नेपाल प्रज्ञा प्रतिष्ठानलगायत स्वदेश र विदेशमा रहेका विभिन्न संघसंस्थाले कार्यक्रम गर्दैछन्। विभिन्न विद्यालयमा पनि भानुभक्तका रचना पाठ गरिँदैछ। नेपाललगायत भारतमा नेपालीभाषीको बहुलता रहेका क्षेत्रमा भानुजयन्ती विशेष किसिमले मनाइन्छ। यसैबिच प्रदेश सरकारले आज विराटनगरमा श्रष्ट सम्मान तथा पुरस्कार बितरण कार्यक्रमको आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्