बाढीपहिरोले देशका १८ जिल्लाका यी २० स्थानमा सडक यातायात अवरुद्ध

बाढीपहिरोले देशका १८ जिल्लाका यी २० स्थानमा सडक यातायात अवरुद्ध

काठमाडौँ, असार २९ गते । बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले देशका १८ जिल्लाका २० स्थानमा सडक यातायात अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गदेखि जिल्ला–जिल्ला जोड्ने सडकहरू अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाराको जितपुर सिमरास्थित राजमार्ग अवरुद्ध भएको छ भने काभ्रे रोसी गाउँपालिकाको माम्तीमा लेदो आई बीपी राजमार्ग अवरुद्ध भएको छ । त्यस्तै सिन्धुलीको सुनकोसी गाउँपालिकाको कमेरीमा पनि बीपी राजमार्ग अवरुद्ध छ ।

उदयपुरको घुर्मी–कटारी सडकखण्डमा भदौर खोलाको पानी जमेपछि अवरुद्ध भएको हो । यस्तै ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको सिद्धिचरण राजमार्ग पनि बाढीका कारण अवरुद्ध भएको छ ।
नेपाल प्रहरीका अनुसार इलाम सूर्योदयको ढोडेस्थित बारबोटेदेखि नयाँ बजार जाने भित्री सडकखण्ड र तेह्रथुमको म्याङ्लुङ–वसन्तपुर सडकखण्डमा पहिरो खसेपछि बाटो बन्द छ । यसैगरी चितवनको ठोरी, मुस्ताङको घोप्टे भीरमा, मनाङको म्यादीखोलामा पानीको बहाव बढेपछि बाटो अवरुद्ध भएको छ ।

ललितपुरका भट्टेडाँडा, आग्राङ, टुङ्गुन र शान्ति लोकपथ हेटाँैडा जाने सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको कुलेखानी सडकअन्तर्गत भीमफेदीको बाघझोरा खोलामा लेदो खसेर हेटौँडादेखि भीमफेदी–काठमाडौँ सडकखण्ड र इन्द्रसरोवर गाउँपालिका महालक्ष्मी खोला नजिक पहिरो आई फाखेल हुँदै काठमाडौँ आउने सडकखण्ड अवरुद्ध भएको छ ।
धादिङ नौबिसेदेखि हेटौँडा जाने त्रिभुवन राजपथमा रूख ढलेका कारण नौबिसेभन्दा तीन–चार किलोमिटर हेटौँडातर्फ जाने सडक अवरुद्ध भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–१ र ४ नम्बर वडा जोड्ने भप्सीखोलाको पुल बगाएर लगेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

रामेछापबाट मन्थली आउने बाटो पनि बाढीका कारण अवरुद्ध भएको छ । रसुवा–स्याफ्रुबेँसी सडकखण्ड, कालीकोट पिली बजारदेखि दुई किमि उत्तर जुम्लातर्फ जाने सडकखण्ड, कर्णाली राजमार्ग र दैलेखको गुराँसस्थित सुर्खेत सडकखण्ड अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्