जानकारी : आगामी तीन दिनको मौसम पूर्वानूमान यस्तो छ …

जानकारी : आगामी तीन दिनको मौसम पूर्वानूमान यस्तो छ …

मनसुन न्यून चापीय रेखा  नेपालको तराई भू–भागतिर अवस्थित छ जसको कारण मनसुनी गतिविधि सामान्य सक्रिय रहने देखिए पनि विस्तारै कमजोर भएर जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ  ।

हाल देशका पूर्वी र पश्चिमि तराइका धेरै जसो स्थानहरूमा मनसुनी वर्षा जारी रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानूमानः

असार २९ गते (आईतबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको खासगरि पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

रातिः देशभर पूर्ण वदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

असार ३० गते (सोमबार)
दिउँसोः देशभर सामान्य बदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य क्षेत्रका थोरै स्थानमा र पूर्व र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
रातीः देशभर पूर्ण वदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक – दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।

असार ३१ गते (मंगलबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण वदली रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य र पश्चिमका क्षेत्रका एक दुइ स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ।

रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका एक दुइ स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:
देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमी भू–भागको एक – दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। । जसका कारण पूर्व र मध्य क्षेत्रका पहाडि भू–भागमा पहिरो जान सक्ने देखिन्छ भने तराइमा सामान्य पानीको बहाव रहिरहनेछ । अझै पनि सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्