बलत्कारी बाबुलाई जन्मकैद

बलत्कारी बाबुलाई जन्मकैद

रुकुम पश्चिम, ३१ असार ।  १७ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक जनालाई जन्मकैदको फैसला भएको छ ।

छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुमका एक व्यक्तिलाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश आत्मदेव जोशीको एकल इजलासले जन्मकैदको फैसला सुनाएको अदालतका श्रेस्तेदार शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले गएको ४ चैतमा उनलाई पक्राउ गरेको थियो । बाबुबाट छोरी बलात्कृत भएको भन्दै आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । फैसलासँगै उनलाई जिल्ला कारागार रुकुम पश्चिममा चलान गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्