निर्मला प्रकरणः पत्रकार खेम भण्डारीलाई शर्तसहित एक घण्टा जेल र एक रुपैयाँ जरिवाना

निर्मला प्रकरणः पत्रकार खेम भण्डारीलाई शर्तसहित एक घण्टा जेल र एक रुपैयाँ जरिवाना

काठमाडौँः निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने  'शक्तिशाली व्यक्ति  भनिएका' पत्रकार खेम भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले जरिवानासहितको जेल सजाय सुनाएको छ।

जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अवहेलना भन्दै दायर मुद्दामा अदालतले सोमबार पत्रकार भण्डारीलाई एक घण्टा जेल र एक रुपैयाँ जरिवाना हुने आदेश सुनाएको हो।

न्यायाधीश राजेन्द्र आचार्यको एकल इजलासले यस्तो आदेश गरेको हो।

अदालतले भण्डारीलाई शर्तसहितको सजाय सुनाएको छ।

'आदेश भएको छ। तर केही शर्त राखिएका छन्। उनले शर्त पूरा गरेर अदालतमा उपस्थित भएको खण्डमा सजाय मिनाहा हुनेछ' अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले भने।

शर्त पूरा गर्नका लागि तीन दिन समय दिइएको छ। तोकिएको अवधिमा शर्त पूरा गरेमा सजाय मिनाहा हुनेछ। तीन दिन सम्मका लागि सजाय स्थगनमा छ। आदेश बुझेपछि उक्त समय सुरु हुनेछ।

 

के छन् शर्त

अदालतले पत्रकार भण्डारीले आफ्नो फेसबुकमा लेखिएको स्टाटस हटाउनुपर्ने, आत्मालोचनासहित माफी माग्नुपर्ने उत्लेख गरेको छ। आत्मालोचनासहित माफी मागेमा सजाय स्थगन हुने आदेशमा उल्लेख छ।

विचाराधीन विषयमा अदालतलाई प्रभावित गर्नेगरी समाचार लेखेको भन्दै जिल्ला बारले मुद्दा दायर गरेको थियो। निर्मला प्रकरणमा जोडिएका आठ प्रहरीविरुद्ध चलाउन लागिएको मुद्दामा हदम्याद लगायतका प्राविधिक विषयमा अदालतले सहयोगका लागि एमिकस क्यूरी गठन गरेको थियो।

सो विषयलाई पत्रकार भण्डारीले मानसखण्ड दैनिक पत्रिकामा 'निर्मला हत्याकाण्ड : न्यायिक प्रक्रिया नै बिथोल्ने यस्तो डिजाइन!' शीर्षकमा समाचार छापेका थिए।

भण्डारीविरुद्ध बम दिदीबहिनीमध्ये दिदी अनिता र तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरणले पनि छुट्टाछुट्टै गाली बेइज्जती मुद्दा दायर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्