आफूलाई शिक्षा दिने अग्रज गुरुहरुप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरु पूर्णिमा पर्व मनाइँदै

आफूलाई शिक्षा दिने अग्रज गुरुहरुप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडौं । आफूलाई शिक्षा दिने अग्रज गुरुहरुप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरु पूर्णिमा पर्व मनाइँदै छ ।

असार शुक्ल पूर्णिमाका दिनलाई गुरु पूर्णिमा भन्ने गरिन्छ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान प्रकट गर्न आज विशेषगरी शैक्षिक प्रतिष्ठान तथा केन्द्रहरुमा विशेष रौनक हुनेगर्छ ।

ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ ।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न संघसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् ।

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा ब्यासजयन्ती पनि मनाइन्छ ।

आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यासजयन्ती मनाउने गरिएको हो ।

गौतम बुद्धले आजकै दिन धर्मचक्र प्रवत्र्तन अर्थात् पहिलो उपदेश दिएका थिए ।

यसैबीच गुरु पूर्णिमाका अवसरमा काठमाडौंको स्मार्ट एरोविक्सले निःशुल्क एरोविक्स सिकाएको छ ।

गुरु लिला भण्डारीले १ सय ५० जनालाई निःशुल्क एरोविक्सको शिक्षा दिएका छन् । उनले दुई वर्षदेखि एरोविक्स शिक्षा दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्