आज देशभर साउने संक्रान्ति पर्व मनाईंदै, रमाइलो गरी भोज खाने चलन

आज देशभर साउने संक्रान्ति पर्व मनाईंदै, रमाइलो गरी भोज खाने चलन

काठमाडौं । आज देशभर साउने संक्रान्ति पर्व मनाईंदै छ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।

कृषि प्रधान देशमा मुठी खाई मुरी उब्जाउने भन्ने कथनअनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ ।

असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो पर्व मनाउन थालिएको हो ।

यस दिन कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिने विश्वास गरिन्छ ।

कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीय वनस्पति बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फ्याँक्ने चलन छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने गरिन्छ ।

महिलाहरु साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे ब्रत बस्छन् ।

यो महिनाभर शिवजीका भक्तजनहरु बोलबम यात्रामा निस्कने पनि गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्