बुहारीद्वारा वृद्ध सासूको हत्या , टाउको र पेटमा गम्भीर चोट

<span class='c1'>बुहारीद्वारा वृद्ध सासूको हत्या ,</span> <span class='c2'>टाउको र पेटमा गम्भीर चोट</span>

बनेपा । धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ ।

राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

उनका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेकी सासूसँग झगडा गरी हत्या गरेकी २४ वर्षीया जेठी बुहारी सुन्तलीलाई घटनालगत्तै नियन्त्रणमा लिई बनेपा इप्रका हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।

सुन्तलीद्वारा ससुरा र श्रीमानकै अगाडि कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काई सासूको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्