लेदो माटोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

<span class='c1'>लेदो माटोसहितको पहिरो खसेपछि</span> <span class='c2'>बीपी राजमार्ग अवरुद्ध</span>

काठमाण्डौ,२ साउन । लेदो माटोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान तीन बजेतिर काभ्रेपलञ्चोकको नमोबुद्ध नगरपालिका– ५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

केहीबेरमा डोजेरले पहिरो हटाउने तयारी छ । अहिले काठमाण्डौबाट जाने गाडीलाई काभ्रेमा र पूर्वबाट आउने गाडीलाई सिन्धुलीमा नै रोकिएको प्रहरीले जनाएको छ ।

यस्तै, फाखेल र सिस्नेरी हुँदै हेटौंडा निस्कने बाटोमा पनि गाडी चल्न सकेको छैन । अरु बाटोमा भने राम्ररी नै गाडी चलिरहेको प्रदेश ३ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्