शिक्षकको कुटाईबाट ज्यान गएका माधवको दश दिनसम्म अन्त्येष्टी हुन सकेन

शिक्षकको कुटाईबाट ज्यान गएका माधवको दश दिनसम्म अन्त्येष्टी हुन सकेन

भीमदत्तनगर साउन २ । शिक्षकको कुटाईबाट ज्यान गएका भीमदत्त नगरपालिका मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको दश दिनसम्म अन्त्येष्टी हुन सकेको छैन ।

भारतस्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएका उनको पोष्टमार्टम रिपोर्ट नआएकाले अन्त्येष्टि हुन नसकेको हो ।

शवको पोष्टमार्टम रिपोर्ट भारतबाट आउने भएकाले पुनः पोष्टमार्टम गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै शवको अन्त्येष्टि नगरिएको कञ्चनपुरका प्रहरी प्रमुख (एसपी) दिनेश कुमार आचार्यले जानकारी बताएका छन् ।

 

असार १३ गते विद्यालय बाहिर साथीभाईसँग झगडा गरेको विषयमा शिक्षकको कुटाइबाट गम्भीर घाइते बनेका थिए ।

उनको टाउको र छातीमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो । कलौनीको उपचारका क्रममा असार २४ गते भारतको राममूर्ती अस्पतालमा मृत्यु भएको थियो ।

बालकको मृत्युपछि प्रहरीले कुटपिटमा संलग्न शिक्षक दुर्गादत्त पाठक, लक्ष्मण भट्ट, हर्क जाग्री, प्रधानाध्यपक यशोदा जोशी सहित व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन प्रसाद बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

यता, मृतकका आफन्तले भने शिक्षकको कुटाइकै कारण माधवको ज्यान गएको आरोप लगाउदै दोषिलाई कारवाहि नगरेसम्म शव नबुझ्ने बताउदै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्