धनगढीमा बम विष्फोट हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु

<span class='c1'>धनगढीमा  बम विष्फोट हुँदा घाइते</span> <span class='c2'>भएका मध्ये एक जनाको मृत्यु</span>

काठमाडौँ, ३ साउन । कैलालीको धनगढीमा शक्तिशाली बम विष्फोट हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । विष्फोटमा घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको कैलालीका प्रहरी प्रमुख सुदीप गिरीले जानकारी दिए ।

विष्फोटमा घाइते भएका अन्यको उपचार भइरहेको छ । बिहीबार साँझ शहीदगेट नजिकैकौ निलम होटलमा विष्फोट हुँदा पाँच जना घाइते भएका थिए ।

विस्फोटमा परी घाइते हुनेमा होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला छन् ।

घटनास्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख गिरीले मृत्यु भएका सिंह र घाइते सेरेला विप्लव माओवादीका लडाकु नै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्