१० वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

<span class='c1'>१० वर्षीया छोरीलाई जबरजस्ती</span> <span class='c2'>करणी गरेको अभियोगमा पक्राउ</span>

काठमाडौं, ३ साउन ।अर्घाखाँचीको सितगंगा नगरपालिका-१४ विक्रम बस्ने ४२ वर्षीय पुरुषलाई आफ्नै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरको अभियोगमा बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिमलपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी मुस्ताङको १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरको अभियोगमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मुक्तिनाथ बजारमा ज्याला मजदुरी गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-२ बुर्तिबाङ घर भएका रमेश घर्ती मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
किशोरीलाई स्थानीय होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुक्तिनाथ मुस्ताङबाट खटिएको प्रहरीले रमेशलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्