बजारमा अभाव भएको औषधीको लिस्ट बुझाउन औषधी व्यवस्था विभागको आग्रह

<span class='c1'>बजारमा अभाव भएको औषधीको लिस्ट</span> <span class='c2'>बुझाउन औषधी व्यवस्था विभागको आग्रह</span>

काठमाडौँ, ३ साउन । औषधी व्यवस्था विभागले नागरिक र पशुपंछीको उपचारको लागि अभाव भएको औषधीको लिस्ट चिकित्सकहरुसँग माग गरेको छ ।

विभागले आज सूचना जारी गर्दै मानिस तथा पशुपंछीको उपचारमा आवश्यक पर्ने औषधीहरु बजारमा अभाव हुँदा उपचारमा कठिनाई भइरहेको भन्ने गुनासाहरु आइरहेको भन्दै अभाव औषधीहरुको नाम लिस्ट विभागलाई ७ दिन भित्र उपलब्ध गराउन सूचनामा उल्लेख गरिएको छ ।

नेपालको मानव र पशुपंछीको उपचारमा संलग्न सरकारी ,नीजि अस्पताल ,नर्सिङ होम ,शिक्षण अस्पतालहरु तथा चिकित्सकलाई आग्रह गरिएको छ । अभाव औषधीको नाम विभागको ई—मेल अथवा अन्य कुनै पनि माध्ययमबाट उपलब्ध गराउने सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्