त्रिवि सेवा आयोगको अनियमिततामा मुछिएका पाण्डेद्वारा भवनबाट हामफालेर आत्महत्या

त्रिवि सेवा आयोगको अनियमिततामा मुछिएका पाण्डेद्वारा भवनबाट हामफालेर आत्महत्या

काठमाडौं,३ साउन। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अनियमिततामा मुछिएका पूर्वसह–सचिव रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् । कानुन व्यवसायीसँग छलफल गरेर फर्किने क्रममा त्रिपुरेश्वरको राधा भवनबाट हामफालेर उनले आत्महत्या गरेका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार पाण्डले भवनको पाँचौं तलाबाट बिहीबार दिउँसो हामफालेका थिए । उनीविरुद्ध एक वर्ष जेल सजाय माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

शुक्रबार पाण्डेको शवलाई पोस्टमार्टम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्