केही दिनदेखि रोकिएको पानी पर्ने क्रम अब फेरि बिस्तारै बढ्ने

केही दिनदेखि रोकिएको पानी पर्ने क्रम अब फेरि बिस्तारै बढ्ने

काठमाडौ, ४ साउन । केही दिनदेखि रोकिएको पानी पर्ने क्रम अब फेरि बिस्तारै बढ्ने मौसमविद्ले बताएका छन् ।

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेको तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आजभन्दा भोलि र भोलिभन्दा पर्सि पानी पर्ने क्रम बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार यसकै प्रभावले अहिले काठमाण्डौ उपत्यकासहित कैलाली, डडेलधुरा, डोटी, नवलपरासी, चितवन, रामेछाप, ओखलढुङ्गा, धनकुटा लगायतका जिल्लामा मेघ गर्जनसहित पानी परिरहेको छ । यो क्रम अझै बढ्ने उहाँको अनुमान छ ।

शनिबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । यस्तै थोरै ठाउँमा ठूलो पानी पर्ने भएको बाढी र पहिरोको जोखिम रहेको ठाउँका बासिन्दालाई सावधानी अपनाउन मौसमविद् पोख्रेलले आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्