साढे १४ लाख लिएर काठमाडौं हिँडेका सिँचाइ प्रमुख र इन्जिनियर पक्राउ

<span class='c1'>साढे १४ लाख लिएर काठमाडौं हिँडेका</span> <span class='c2'>सिँचाइ प्रमुख र इन्जिनियर पक्राउ</span>

दोलखा, ४ साउन । १४ लाख ६८ हजार घुस रकमसहित सिँचाइ विकास डिभिजन कार्यालय दोलखा प्रमुख र इन्जिनियर पक्राउ परेका छन् । अख्तियारको टोलीले प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाहलाई पक्राउ गरेको हो ।

अधिकारीको साथबाट १३ लाख ३८ हजार र शाहबाट एक लाख ३० हजार रकम बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

घुस रकमसहित शुक्रबार साँझ दोलखाबाट काठमाडौं जाँदै गर्दा सिन्धुपाल्चोकको सुकुटेबाट पक्राउ गरिएको प्रवक्ता कोइरालाको भनाई छ । उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उक्त रकम ठेकेदार र उपभोक्ता समितिबाट मिसनका रुपमा प्राप्त गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्