विवाह गर्छु भनी जबरजस्ती करणी गर्ने २ जना पक्राउ

<span class='c1'>विवाह गर्छु भनी जबरजस्ती करणी</span> <span class='c2'>गर्ने २ जना पक्राउ</span>

धनगढी,४ साउन ।  विवाह गर्छु भनी जबरजस्ती करणी गर्ने २ जना पक्राउ परेका छन् ।,

असार १० गते ललाइफकाइ विवाह गर्छु भनी जबरजस्ती करणी गरी फरार रहेका कैलालीको कैलारी गाउँपालिका–४ के गाउँका २२ वर्षीय अरविन्द सुनार पक्राउ परेका हुन् ।   जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जबरजस्ती करणी गरी फरार रहेका सुनारलाई पक्राउ गरी थप अनुसन्धान कार्य राखेको जानकारी दिए ।

त्यस्तै प्रहरीले साउन १ गते कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–३ का २५ वर्षीय प्रवेश रानालाई पक्राउ गरेको थियो । रानाले पनि विवाह गर्छु भनी जबरजस्ती करणी गरेका थिए ।

उनलाई कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालतमा म्याद गरी अनुसन्धान कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्