किशोरीलाई बन्धक बनाएको आरोपमा भारतीय नागरिक पक्राउ

<span class='c1'>किशोरीलाई बन्धक बनाएको आरोपमा </span> <span class='c2'> भारतीय नागरिक  पक्राउ</span>

काठमाडौ, ४ साउन । किशोरीलाई बन्धक बनाएको आरोपमा एक भारतीय नागरिक आज पक्राउ परेका छन् । काठमाडौँ कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदीप कुमारलाई बन्धक बनाएको स्थानबाटै प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुर सूर्यविनायक बस्ने रौतहटकी १७ वर्षीया किशोरीलाई प्रदीपले शुक्रबार दिउँसो ललाइफकाई, धम्क्याई जबर्जस्ती कुलेश्वरस्थित आफ्नो कोठामा ल्याई बन्धक बनाएको प्रहरीले जनाएको छ ।

उक्त सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकु तथा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले किशोरीलाई उद्धार गरी प्रदीपलाई पक्राउ गरेको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्