देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने

देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने

काठमाडौँ , ५ साउन । देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । पूर्व र मध्यका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले देशका पूर्वी र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । यस्तै मध्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ । पूर्वका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण तर्फ सरेकाले मनसुन कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्प युक्त वायु प्रवेश गरेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै स्थानीय वायुको प्रभावका कारण पनि वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्